Aamsanchar

स्प्रे ट्याङकीमा कनकाई नगरको १२ लाख अनुदान, पहिलो दिन २८२ जना कृषकलाई वितरण

Author Image
सोमवार, चैत ९, २०७७

कनकाई । झापाको कनकाई नगरपालिकाले कृषकहरुलाई विद्युतिय स्प्रे ट्याङकी वितरण गरेको छ ।

सोमबार नगरपालिकाको कार्यलयमा आयोजित एक कार्यक्रम मार्फत नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकहरुलाई ट्याङकी वितरण गरेका थिए ।

कनकाई नगर कृषि विकास समितिको आयोजनामा आयोजित ट्याङकी वितरण कार्यक्रम मार्फत पहिलो दिन कृषि समूह, व्यवसायिक तरकारी खेती गर्ने कृषक, सामुहिक खेती गर्ने कृषक र टोल विकास समितिबाट प्रतिनिधित्व गरेर आउने वडा नम्बर ३ का ६०, वडा नम्बर ४का ७५, ६ नं वडाका ६०, ७ नं वडाका ५५ र वडा नम्बर ८ का ३२ जना कृषकहरुलाई २ सय ८२ वटा सहुलियत दरमा विद्युतिय स्प्रे ट्याङकी वितरण गरिएको थियो ।

नगरका ९ वटा वडा मध्ये ४ नम्बर वडाकालागि ७५ वटा, ५ नम्बर वडाका लागि ७० र बाँकी सबै वडामा ६० वटाका दरले ट्याङकी वितरण गरिने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । नगर प्रमुख पोखरेले भने ‘जम्मा ७ सय २ वटा ट्याङकी नगरपालिकाले खरिद गरेको छ, पहिलो दिन २ सय ८२ वितरण गरियो बाँकी ट्याङकीहरु वडाको सिफारिसमा क्रमस् गरिने छ ।’

नगरपालिकाले कृषकहरुलाई ४ हजार ५ सय बजार मुल्य पर्ने ट्याङकी होलसेलमा ३ हजार ३ सयमा किनेर उक्त लागतको आधा रकम १ हजार ६ सय ५० रुपैयामा कृषकबाट लिएर वितरण गरेको आर्थिक समिति संयोजक देवेन्द्रकुमार दर्जीले बताए ।

ट्याङकी वितरणको लागि नगरले १२ लाख रकम छुट्याएको थियो ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 363

प्रतिक्रिया (०)

सम्बन्धित खबर