Aamsanchar

सिंगटीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Author Image
मङ्गलवार, चैत १०, २०७७

सिंगटी हाइड्रो इनर्र्जीको आइपीओमा आवेदन दिने आज (मंगलबार १०) अन्तिम दिन हो । सिंगटीले चैत ६ गतेबाट सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सोमबार साँझसम्म यसको आइपिओमा ७ गुणा बढी आवेदन परिसकेको छ । यसको बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबारसम्म १२ लाख २२ हजार ८ सय ३२ जनाले १ करोड ८८ लाख ७२ हजार ९ सय कित्ताका लागि आवेदन परेको छ । सर्वसाधारणलाई मात्र खुला गरिएको सेयरलाई आधार मानेर हेर्ने हो भने ७ गुणा बढी आवेदन परेको हो । ​
सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर