Aamsanchar

नेपाल पक्षीजन्य उत्पादनमा आत्मनिर्भर भएको प्रधानमन्त्रीले भोलि घोषणा गर्ने

Author Image
बुधवार, चैत ११, २०७७

काठमाण्डाै – सरकारले नेपाल निश्चित क्षेत्रका पक्षीजन्य उत्पादनमा आत्मनिर्भर भएको दाबी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘पशुपक्षीजन्य उत्पादनमा देश (निश्चित उत्पादन क्षेत्रमा) आत्मनिर्भर’ भएको जनाएको हो ।

आत्मनिर्भर भएको घोषणा विशेष समारोहमार्फत बिहीवार (भोलि) प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने पनि मन्त्रालयले जनाएको छ । नेपाल कुखुरा उत्पादनमा आत्मनिर्भर बनिसकेको छ ।

देश अन्य के–के विषयमा आत्मनिर्भर भएको हो र थप रणनीति के–कस्ता हुन्छन् भन्ने विषयमा बिहीवार नै जानकारी दिइने कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताउनुभयो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 420

प्रतिक्रिया (०)

सम्बन्धित खबर