Aamsanchar

ट्रक ड्राइभरले समेत हेलमेट नलगाउँदा तिरे १६ सय जरिबाना

Author Image
बिहिवार, चैत १२, २०७७

मोटरसाइकल चलाउँदा हेलमेट नलगाएमा जरिबाना हुनु त सामान्य हो । तर के ट्रक ड्राइभरले समेत हेलमेट नलगाउँदा जरिबाना तिर्नुपरेको थाहा छ ? भारतको ओडिसास्थित गन्जम भन्ने ठाउँमा यस्तै एउटा अनौठो घटना भएको छ । त्यहाँ प्रमोद कुमार नामका एकजना ट्रक चालकमाथि हेलमेट नपहिरिएको कारण १ हजार भारु (नेरु १ हजार ६ सय) जरिबाना तिराइएको छ । जबकि ट्रक चलाउनका लागि हेलमेट लगाउनुपर्ने नियम चाहीँ छैन ।

गएको २४ डिसेम्बरका दिन गरिएको उक्त जरिबानाको समाचार हालैमात्र सार्वजनिक भएको छ । आफूलाई हेलमेट नलगाएको अभियोगमा जरिबाना गरिएको कुरा ट्रक चालकलाई तबमात्र थाहा भएछ जब उनी ट्रकको अनुमति नविकरण गर्नका लागि परिवहन विभागको कार्यालयमा गएका थिए ।

ट्रक चालकले भनेका छन्, ‘मेरो ट्रकको परमिटको म्याद सकिएको थियो । त्यसैमा आफ्ना गाडीको अनुमति शुल्क भुक्तान गर्नका लागि सडक शुल्क तिर्ने कार्यालयमा गएँ । तर उक्त कार्यालयका कर्मचारीले मेरो नाममा तीनवटा जरिबाना तिर्न बाँकी रहेको जानकारी दिए । मैले जरिबाना रकम तिरेँ र त्यसको रसीद लिएँ । जब मैले रसिद हेरेँ तब पो थाहा भयो कि एउटा जरिबाना त हेलमेट नलगाएको भनेर लिइएको थियो ।’

परिवहन विभागका कर्मचारीको लापरबाहीले त्यस्तो हुन पुगेको बताइएको छ ।

-एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर