Aamsanchar

मास्क नलगाई हिडडुल गर्नेलाई झापामा कारवाही गरिने, होली पर्वमा समेत भिडभाड नगर्न आग्रह

Author Image
शुक्रवार, चैत १३, २०७७

झापा – जिल्ला प्रशासन कार्यालय झापाले मास्क नलगाई हिडडुल गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने भएको छ । आज एक सूचना जारी गर्दै प्रशासन कार्यालयले सार्वजनिक स्थानमा आवतजावत गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पालन नगर्ने तथा मास्क प्रयोग नगर्नेलाई कारवाही गर्ने जनाएको हो ।

कोभिड–१९ को संक्रमण बढ्दै गई रहेको र त्यसको प्रभाव जिल्लामा समेत बढ्न सक्ने भन्दै जिल्ला प्रशासनले सार्वजनिक स्थानमा भिडभाड नगर्न÷ नगराउन र होली पर्व साथै नयाँबर्षको अवसरमा समेत भिडभाड नगर्न आग्रह गरिएको छ । होली पर्वलाई प्रशासन कार्यालयले सामान्य रुपमा मनाउन आग्रह गर्दै अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न भनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर