Aamsanchar

नेकपा माओवादी केन्द्रले भद्रपुरमा पार्टी कार्यालय ब्युँतायो

Author Image
शनिवार, चैत १४, २०७७

झापा- नेकपा (माओवादी केन्द्र) को भद्रपुरमा पार्टी कार्यालय स्थापना गरिएको छ । भद्रपुर नगरपालिका ४ स्थित झापा चोकमा शनिवार एक कार्यक्रमका बिच माओवादी केन्द्र भद्रपुर नगर समितिको पार्टी कार्यालय स्थापना गरिएको हो । सर्वोच्च अदालते नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएसँगै भद्रपुरमा पनि माओवादी केन्द्रले पार्टी कार्यालय ब्युँताएको हो । साथै समसामयिक राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरिएको जनाइएको छ ।

माओवादी केन्द्रका जिल्ला सदस्य नरेश सन्जेलको अध्यक्षता तथा केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर १ का सह इन्चार्ज सावित्रीकुमार काफ्ले (समर)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसद पूर्णसिंह राजवंश, जिल्ला इञ्जार्च मणिकुमार साम्पाङ्ग (विजय), जिल्ला सदस्य डिल्ली घिमिरे (हिक्मत), जिल्ला सदस्य अरुण श्रेष्ठ, युवा संयोजक दधिराम रिमाल, हरि पौडेल, शिवकुमार राजभण्डारी लगायतको उपस्थिति रहेको पुकारचन्द्र राजवंशीले जानकारी दिए । त्यस्तै सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी माओवादी केन्द्रमा प्रवेश समेत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१