Aamsanchar

नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा पोखरेल

Author Image
शुक्रवार, चैत २०, २०७७

बिर्तामोड ।  नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको नयाँ कार्यसमिति चयन भएको छ ।

शुक्रबार दुर्गापुर स्थित वृक्ष क्याफेमा आयोजित प्रतिष्ठान झापाको दोस्रो साधारणसभाबाट तिन बर्षे कार्यकालका लागि कनकाई नगरपालिका दुर्गापुर निवासी कनकाई उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कुमारमणी पोखरेलको अध्यक्षतामा १३ जना कार्यसमिति पदाधिकारीहरु चयन गरिएको छ ।

पोखरेलको अध्यक्षतामा नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्ष डा. सिपी यादव, उपाध्यक्षमा लक्षेन्द्र यादव, शुभ कुमाई पाठक, सचिवमा लुभराज उप्रेती, सहसचिव सचिम पोखरेल, कोषाध्यक्ष उषा श्रेष्ठ, सहकोषाध्यक्ष विगत ओझालाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा सन्तोष अग्रवाल, दिनेश पोखरेल, रुची शिवाकोटी, किशोर क्षेत्री, सत्यदेव यादव सर्वसम्वत चयन भएका छन् ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. चन्द्रप्रसाद यादव (सिपी) ले आफ्नो कार्यकालमा गरिएका कार्यहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा २०७१ साल भाद्र २६ देखि ३० गते सम्म बिर्तामोड–२ स्थित वीरअमर सिंह माध्यमिक विद्यालयका ४ सय ६१ जना विद्यार्थीको मुटु जाँच गरिएको थियो । जसमा ५७ जना शंकास्पद मुटुका रोगीहरु पहिचान गरि निशुल्क उचार गरिएको, २०७१ असोजमा विश्व मुटुरोग दिवसको दिन कञ्चनजंगा अस्पताल विर्तामोडमा निशुल्क मुटुरोग परिक्षण तथा इसिजी सेवा गरिएको थियो उक्त शिविरमा ४१६ जनाले सेवा दिएको र २०७६ साल फागुन १७ गते देखि १९ गते सम्म नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रिय कार्यलय काठमाडौं,  रोटरी क्लव बिर्तामोड मिटटाउन र एक्सल बैंक संगको सहकार्यमा आदर्श माध्यमिक विद्यालय मेचीनगर–८, दुर्गा सेकेण्डरी स्कुल बिर्तामोड–९, मोहनमाया माध्यमिक विद्यालय बिर्तामोड–२, देवकोटा आधारभूत विद्यालय विर्तामोड–९, लक्ष्मीनारायण प्रा.वि. बिर्तामोड–१०, वीरअमर सिंह माध्यमिक बिर्तामोड–२, देवी माध्यमिक विद्यालय बिर्तामोड–५ र विरेन्द्र माध्यमिक भद्रपुर–७ गरि ६ हजार ४ सय जना विद्यार्थीको स्वास्थ्य चेकजाच गरिएको थियो । स्वास्थ्य जाच गरिएका विद्यार्थीहरु मध्ये ६ सय ३५ जनाको (इसिएचओ) १३ जनाको (आरएचडी) २५ जनाको (सिएचडी) गरिएको थियो । १ जनाको सर्जरी अप्रेसनर १ जनाको मेडिकल सर्जरी निशुल्क गरिएको डा. यादवको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्ष पोखरेल ।

कार्यक्रममा स्वागत भिम खवासले गरेका थिए भने संचालन लक्षेन्द्र यादवले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर