Aamsanchar

भारतीय जेलमा ४० वर्ष बिताएका इलामका दुर्गाप्रसादको स्वास्थ्य परीक्षण सुरु

Author Image
आइतवार, चैत २२, २०७७

इलाम – माई नगरपालिका १० इलामका दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य परीक्षण सुरु भएको छ । विना अदालती प्रक्रिया भारतीय जेलमा ४० वर्ष बिताएर नेपाल आउनुभएका तिम्सिनाको उपचारका लागि आइतबार स्वास्थ्य परीक्षण सुरु भएको हो । विराटनगरको विराट मेडिकल कलेजका डाक्टरहरूले तिम्सिनाको सामान्य स्वास्थ्य परीक्षण गरेका हुन् । अन्य आवश्यक थप परीक्षण र उपचारका लागि उहाँलाई मेडिकल कलेजमा भर्ना गरिएको उहाँका भतिजा गोपाल तिम्सिनाले जानकारी दिनुभयो ।

विराट कलेजकी डाक्टर सुरु कोइरालाले दुर्गाप्रसादको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नुभएको छ । दुर्गाप्रसादको उपचारका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सरकारका तर्फबाट समन्वय गरी रहनुभएको छ । कलेजका सञ्चालक डाक्टर ज्ञानेन्द्र कार्कीले उहाँको निःशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आइतवार तिम्सिनाको दाँत, हातखुट्टाको सामान्य परीक्षण भएको छ, भर्ना गरिएपछि भने विस्तृतमा परीक्षण गरिने अस्पतालले जनाएको छ । हत्या मुद्दाको अभियोगमा पक्राउ पर्नुभएका तिम्सिना अभियोग प्रमाणित विना नै जेल बस्नुपरेको थियो । उहाँको स्वास्थ्य उपचारको जिम्मा प्रदेश सरकारले लिएको छ । यसका साथै प्रदेश सरकारले क्षतिपूर्तिका लागि पनि पहल गर्ने बताएको छ ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर