Aamsanchar

२५ ग्राम खैरो हेरोइनसहित झापामा १ जना पक्राउ

Author Image
आइतवार, चैत २२, २०७७

झापा- झापामा प्रतिबन्धित लागु औषध २५ ग्राम खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् । आइतवार जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका २ का २८ वर्षीय सञ्जय लामालाई पक्राउ गरेको हो ।

पक्राउ परेका लामाको साथबाट २५ ग्राम ५० मिलिग्राम ब्राउनसुगर (खैरो हेरोइन) र एक थान तराजु बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।

Views: 375

प्रतिक्रिया (०)

सम्बन्धित खबर