Aamsanchar

बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट भागे १८ सयभन्दा धेरै कैदी

Author Image
मङ्गलवार, चैत २४, २०७७

काठमाण्डाै – बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १८ सयभन्दा धेरै कैदीहरू भागेका छन् । जेलबाट १ हजार ८ सय ४४ कैदी भागेका त्यहाँका अधिकारीहरुले बताएका छन् । आक्रमणकारीले दक्षिण–पूर्वी सहर ओबेरीमा रहेको जेलको प्रशासनिक भवनमा आक्रमण गरेर जेलभित्र प्रवेश गरेका थिए ।

अहिलेसम्म भागेकाहरुमध्ये ६ जना फर्किएका र अरु ३५ जनाले भाग्न अस्वीकार गरेका बीबीसीले जनाएको छ । प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह ‘द इन्डिजिनिएस पिपुल अफ बियाफ्रा’ले आक्रमण गरेको आरोप लगाएको छ । पिकअप ट्रक र बस चढेर हतियारसहित आएका आक्रमणकारीहरू ओबेरी कस्टोडियल सेन्टर प्रवेश गरेका र उनीहरुले रकेटबाट फ्याँक्न सकिने ग्रिनेड, स्वचालित बन्दुक, विस्फोटक पदार्थ र राइफल बोकेका प्रहरी अधिकारीहरुले बताएका छन् । तर, ‘द इन्डिजिनिएस पिपल अफ बियाफ्रा’ले भने घटनामा आफूहरु संलग्नता नरहेको प्रतिक्रिया दिएको छ ।

यस्तै नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्राउ गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिनुभएको छ । जनवरीदेखि दक्षिण–पूर्वी नाइजेरियाका धेरैजसो प्रहरी कार्यालय र गाडीहरुमा आक्रमण गरिएको छ भने ठूलो परिमाणमा गोलीगठ्ठा चोरी भएको बीबीसीले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर