Aamsanchar

उत्तर कोरियाले जापानमा हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने

Author Image
मङ्गलवार, चैत २४, २०७७

काठमाण्डौ – उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोना भाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडी टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको छ ।

यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तर कोरियाले भाग लिएको थियो । सन् २०१८ मा कुटनीतिक संवाद फेरि थालनी गर्न यस खेलमा भएको उत्तरको सहभागिताले ठूलो सहयोग गरेको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले गृष्मकालीन खेलमा उत्तरको प्रतिनिधित्व गर्नु भएको थियो । त्यसबेला दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले किम यो जोङसँग निकै सकारात्मक वार्ता गर्नुभएको थियो जसका कारण नेता किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रत्यक्ष भेटवार्ताहरू भएका थिए ।

तर प्योङयाङको घोषणाले दक्षिण कोरियाको फेरि वार्ता प्रक्रिया सुरु गराउने एउटा योजनामा धक्का लागेको छ । टोकियो ओलम्पिक आउँदो जुलाईमा हुँदैछ ।

उत्तर कोरियाली ओलम्पिक कमिटीले कोभिड–१९ का कारण आफ्ना खेलाडीलाई सुरक्षित गर्न ३२ औँ गृष्मकालीन ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको जनाएको छ । तर विश्लेषकहरूले खेलभन्दा पनि अन्य कारणले उत्तर कोरिया सहभागी हुन नचाहेको अनुमान गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर