Aamsanchar

आज ताप्लेजुङसहित ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिदै

Author Image
बुधवार, चैत २५, २०७७

काठमाण्डौ – आज पाँचौं स्वास्थ्य बीमा दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकारले नागरिकका स्वास्थ्य समस्याहरुलाई सहज रुपमा समाधान र स्वास्थ्यमा भएको आर्थिक जोखिम घटाउने उद्देश्यले २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । यसकै सम्झनामा आज दिवस मनाउन लागिएको हो ।

अहिलेसम्म ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालनमा रहेको र आज ६ जिल्ला विस्तार गरी ७५ जिल्ला पुर्‍याइने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । विसं २०७२ मा कैलाली जिल्लाबाट औपचारिक रुपमा सुरु भएको बीमा कार्यक्रम आज ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ, र मुस्ताङमा पनि विस्तार हुने भएको हो । आर्थिक वर्ष २०७७/७८ भित्रमा सबै जिल्लामा बीमा कार्यक्रम पुर्‍याउने लक्ष्य राखिएको छ ।

बोर्डका अनुसार कूल जनसङ्ख्याको १५ प्रतिशतलाई मात्रै सेवा पुर्‍​​याउन सकिएको छ । औषधि नपाउने, गुणस्तरीय सेवा नपाउने, डाक्टर नहुने समस्यालगायत विविध समस्या भए पनि समाधान गर्दै अघि बढेको बोर्डले जनाएको छ । नेपालमा स्वास्थ्य बीमामा सहभागी भएकामध्ये ३४ प्रतिशतले स्वास्थ्य सेवा लिएका छन् । बोर्डले दिएको जानकारी अनुसार कूल ३७ लाख ४२ हजार ६ सय ५६ ले स्वास्थ्य बीमा गराएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर