Aamsanchar

प्रधानमन्त्रीको गृहजिल्ला झापाबाट प्रेस युनियनका विपुललाई १२०, चौतारी निकट निर्मलालाई १११ मत

Author Image
बिहिवार, चैत २६, २०७७

झापा- नेपाल पत्रकार महासंघको झापाको मतगणना सकिएको छ । जिल्लाबाट अध्यक्षका लागि खसेको मतमध्ये संयुक्त प्यानलका विपुल पोखरेलले निर्मला शर्मालाई पछि पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट प्रेस युनियनका विपुल पोखरेलले १२० मत पाएका छन् । सत्तापक्षीय चौतारी निकट निर्मला शर्माले १११ मत पाएकी छिन् ।

जिल्ला शाखाका पदाधिकारीहरूमा पनि सत्ताइत्तर पक्षका बहुमत पदाधिकारीले जितेका छन् । युनियनका तर्फबाट एकराज गिरीले जिल्ला सभापतिमा जित हात पारेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर