Aamsanchar

बीएफआईएनले सर्वसाधारणलाई साधारण सेयर बिक्री गर्ने

Author Image
शनिवार, चैत २८, २०७७

काठमाडौं-साधारण सेयर (IPO)बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) पनि जोडिने भएको छ । सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बीएफआईएनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र एनआईसी एशिया क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

बीएफआईएनले बिहीबार एनआईसी एशिया क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धकको नियुक्तिसँगै सेयर बिक्री गर्ने घोषणा गरिएको हो । कम्पनीले १०० रुपैयाँअंकित मूल्यमा ५५ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर