Aamsanchar

झापाको बुद्धशान्तिमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

Author Image
शनिवार, चैत २८, २०७७

झापा –बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकस्थित मेची राजमार्गमा पिकअपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे उत्तरतर्फ जाँदै गरेको मे १ च ६४१३ नम्बरको पिकअपले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुष घाइते भएका थिए। उनको बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

प्रहरीले गाडी चालक मेचीनगर नगरपालिका-३ बाहुनडाँगीका ५४ वर्षीय चुनचुन सन्तोष राई र गाडीलाई नियन्त्रण लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर