Aamsanchar

लन्डनमा एक नेपाली अलपत्र अवस्थामा, उनीबारे कुनै जानकारी हुनेले खबर गर्न आह्वान

Author Image
आइतवार, वैशाख ५, २०७८

बेलायतको लन्डनमा एक नेपाली अलपत्र अवस्थामा फेला परेका छन् ।  ग्रीनवीच प्रहरीले उनको तस्विर सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । साउथ इष्ट लन्डनको प्लमस्टिडमा अलपत्र अवस्थामा फेला परेका एक नेपालीको पहिचानका लागि स्थानीय प्रहरीले सार्वजनिक अपील गरेको छ ।  पहिचानको लागि आग्रह गर्दै ‘सम्भावित नेपाली’ व्यक्तिलाई चिन्नेहरुलाई प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ । 

उनलाई स्थानीय एक अस्पतालमा पुर्याइएको भनिए पनि अस्पतालको बारेमा भने स्पष्ट खुलाइएको छैन । प्रहरीद्वारा सार्वजनिक तस्विरका व्यक्तिलाई चिन्ने वा उनीबारे कुनै जानकारी हुनेले ९९९ मा टेलिफोन गरेर रिफरेन्स CAD 2668 14 Apr 21 कोट गरी प्रहरीलाई खबर गर्न आह्वान गरिएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर