Aamsanchar

भारतमा एकैदिन २ लाख ७३ हजारमा कोरोना संक्रमण, १ हजार ६१९ जनाको मृत्यु

Author Image
सोमवार, वैशाख ६, २०७८

काठमाडौं –भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ८१० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमणबाट १ हजार ६१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या एक करोड ५० लाख नाघेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ७८ हजार ७६९ जना पुगेको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या १९ लाख २९ हजारभन्दा बढी रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यहाँ थप ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै उत्तर प्रदेशमा ३० हजार तथा दिल्लीमा २५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा निरन्तर कोरोना संक्रमण बढेसँगै मुलुकका कतिपय अस्पतालमा आईसीयू बेड र रेमडेसिभिरजस्ता औषधिको अभाव देखिएको छ । हालसम्म भारतमा १२ करोड २३८ लाख ५२ हजार डोज कोरोना खोप लगाइसकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर