Aamsanchar

भारत कोरोनाका कारण भयावह स्थितिमा

Author Image
मङ्गलवार, वैशाख ७, २०७८

काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

यो एकैदिन सङ्क्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ जनाभन्दा धेरैको ज्यान गएको छ ।

योसँगै कोरोनाका कारण भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार ५ सय ५० पुगेको छ । यस्तै कोरोना सङ्क्रमितको संख्या अस्वाभाविक रुपमा बढेसँगै भारतको केरला राज्यमा रात्रिकालीन कर्फ्यु लगाउने घोषणा भएको छ ।

आज रातिदेखि लागू हुने गरेर केरला सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर