Aamsanchar

दोस्रो डोज खोप लगाएलगत्तै भारतका पूर्वप्रम सिंहलाई कोरोना संक्रमण

Author Image
मङ्गलवार, वैशाख ७, २०७८

कोरोना विरुद्ध दोस्रो डोज खोप लगाएलगत्तै भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह संक्रमित भएको थाहा लागेको छ। उनलाई उपचार निम्ति यतिखेर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को अस्पतालमा भर्ना गरिएको छ।

 पूर्व प्रधानमन्त्री सिंहलाई ३ मार्चमा स्वदेशी कोभ्याक्सिनको पहिलो खोप र  र ४ अप्रिलमा बुस्टर डोज दिइएको थियो। ८८ वर्षीय सिंहलाई खोप लगाएको दुई सातापछि नै कोरोना संक्रमण भएको हो। सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आइतबार कोरोनासँग सुरक्षित रहन पाँच सल्लाह दिएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस सांसद राहुल गान्धीले सिंहको स्वास्थ्यलाभ कामना गरेका छन्‌। राहुलले सोशल मिडियामा लेखेका छन्‌, ‘यो कठिन समयमा देशलाई तपाईंको मार्गनिर्देशन र सल्लाह खाँचो छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर