Aamsanchar

कमेडी च्याम्पियनकी प्रतियोगी श्रेयालाई कोरोना पोजेटिभ, यो हप्ता नयाँ श्रृंखला नआउने

Author Image
मङ्गलवार, वैशाख ७, २०७८

काठमाडौं- प्रतियोगीलाई कोरोना पोजेटिभ भएपछि यो हप्ता कमेडी च्याम्पियनको नयाँ श्रृंखला नआउने भएको छ । प्रतियोगी श्रेया सुवेदीलाई कोरोना पोजेटिभ भएको हो । “शंका लागेर परीक्षण गर्दा श्रेयाको रिपोर्ट पोजेटिभ आयो । केकी अधिकारी र रिमा विश्वकर्माको नेगेटिभ आएको छ,” कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले भने, “हामी अहिले सबैजना होटल बगैंचामा छौं । कोरोना परीक्षणको रिपोर्ट नआएसम्म बाहिर ननस्किने भनेर यहीँ बसेका छौं ।”

उनले यो हप्ता कमेडी च्यापियनको पुरानै श्रृंखला प्रशारण हुने तर अर्को हप्ता भने नयाँ श्रृंखला आउने जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 392

प्रतिक्रिया (०)

सम्बन्धित खबर