Aamsanchar

देशभर १ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिए, एकैदिन ११ को मृत्यु

Author Image
मङ्गलवार, वैशाख ७, २०७८

काठमाडौं-पछिल्लो २४ घन्टामा देशभर १ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ८ हजार ५५ जनामा गरिएको पिसिआर परीक्षणमा १ हजार ६ सय ६७ जना र ६ सय ८३ जनामा गरिएको एन्टिजेन प​परीक्षणमा ६९ जना गरी जम्मा १ हजार ७ सय ३६ जना नयाँ संक्रमित भेटिएका हुन्।

यस्तै आज एकैदिन ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय २ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। २ सय ५१ जना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। हाल देशभर ९२ जना क्वारेन्टाइनमा रहेको र देशभर ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 327

प्रतिक्रिया (०)