Aamsanchar

स्वास्थ्यमा पनि खेलाची : कुवेत जान खोजेका भारतीय नागरिकको साथमा नक्कली पीसीआर रिपोर्ट

Author Image
बुधवार, वैशाख ८, २०७८

काठमाडौँ । काठमाडौँबाट कुवेत जान खोजेका एकजना भारतीय नागरिकको पीसीआर रिपोर्ट नक्कली रहेको खुलेको छ । सोमबारको कुवेत हिँडेका भारतीय नागरिकको पीसीआर रिपोर्ट शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थलमा खटिएका स्वास्थ्य मन्त्रालयका कर्मचारीले गौशाला प्रहरीलाई खबर गरेका थिए ।

भारतीय नागरिक तसलीम अहमदलाई प्रहरीले पक्राउ गरेर पुनः परीक्षण गरायो । पुनः परीक्षण गराउँदा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । रिपोर्ट पोजेटिभ आएपछि उनलाई कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेशनमा राखिएको छ । टेकु अस्पतालमा चिकित्सक डा। हेमन्त ओझासहितका चिकित्सकको टिमले उनको स्वाब लिएर पीसीआर जाँच गरेका हुन् ।

कोभिड–१९ परिक्षणको नक्कली पीसीआर रिपोर्ट बनाउने ‘सुरिया हेल्थ केयर प्रा.लि’ सिनामंगलका सञ्चालकसहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक तसलीमले देखाएको रिपोर्ट दिने ल्यावबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर