Aamsanchar

भारतको एक अस्पतालमा अक्सिजन चुहावट हुँदा २२ बिरामीको ज्यान गयो

Author Image
बुधवार, वैशाख ८, २०७८

काठमाण्डौ – भारतको महाराष्ट्र राज्यको नासिकमा रहेको डाक्टर जाकिर हुसैन अस्पतालमा अक्सिजन नपाएर २२ बिरामीको ज्यान गएको छ । अक्सिजन चुहावट हुँदा यो घटना भएको बीबीसीले जनाएको छ । नासिक नगर निगम आयुक्तले २२ जनाको ज्यान गएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार अस्पतालमा एक सय ५० जना भर्ना भएका छन् र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो ।

अक्सिजन चुहावट हुँदा अस्पतालमा अक्सिजन आपूर्ति झण्डै आधा घण्टा रोकिएको थियो । समाचार एजेन्सी एएनआईका अनुसार ट्याङकरको माध्यमबाट अक्सिजन भर्दै गर्दा यो घटना भएको हो । नासिक नगर निगमका आयुक्त कैलाश जाधवले भन्नुभयो, ‘प्राविधिक इन्जिनियरको मदतमा चुहावट बन्द गरिएको छ । तर अब अस्पतालमा मात्र २५ प्रतिशत अक्सिजन बचेको छ । हामी यो घटनाको जाँच गर्छौँ र दोषीमाथि कडा कारबाही गर्छौँ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर