Aamsanchar

कनकाई अपाङ्गता वडासमितिको ४ दिवसीय तालिम सम्पन्न

Author Image
बुधवार, वैशाख ८, २०७८

कनकाई- कनकाई नगरपालिका ३ स्थित अपाङ्गता भएकाहरुको संस्था कनकाई अपाङ्गता वडासमितिको आयोजनामा संचालित चारदिने नेतृत्व विकास तथा हिंसा विरुद्धको तालिम सम्पन्न भएको छ । कनकाई ३ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको तालिममा ३० जना अपाङ्गता भएका वडाबासी लाभान्वीत भएको संस्थाका वडासमिति अध्यक्ष उत्तम खत्रीले जानकारी दिनुभएको छ । तालिम कार्यक्रमको सावित्रा दहाल, टिका खतिवडा र श्याम पोखरेलले सहजीकरण गर्नुभएको थियो ।

वडा समिति कनकाई ३ को आर्थिक सहयोग रहेको तालिम कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरुले राज्यले आँफूहरुलाई हेर्ने दृष्टिकोण अझै फराकिलो पार्नु पर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई एक बोरा चामल होइन, सधैंकालागि जिविकोपार्जन हुन सक्ने वातावरण निर्माण गर्न कनकाई अपाङ्गता वडासमितिका अध्यक्ष उत्तम खत्रीले सरकारलाई अपिल गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई जनप्रतिनिधिहरुबाट थप हौसला प्राप्त हुनु पर्ने भन्दै खत्रीले कनकाई नगरपालिका क्षेत्रमा चारसय पच्चीस अपाङ्गता भएका व्यक्तिहरु रहेको बताउँनुभएको छ ।

खत्रीको अध्यक्षता एवम् कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँको प्रमुख आतिथ्यता रहेको तालिम समापन कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, कार्यपालिका सदय कृष्णमाया भुजेल, वडासदस्य छवि थपलिया, कनकाईं नगरपालिकाका सामाजिक विकास प्रमुख हरिप्रसाद पौडेल, श्याम पोखरेल, राम निरौला लगायतले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लैजान सहभागीहरुलाई अनुरोध गरेका छन् ।

कनकाई अपाङ्गता नगर समितिका सदस्य पुष्पलाल घिमिरेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संस्थाकी वडा सदस्य सृजना बरालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर