Aamsanchar

ओमानद्वारा भारतका नागरिकलाई प्रवेशमा प्रतिबन्ध

Author Image
बिहिवार, वैशाख ९, २०७८

कोरोना महामारीको दोस्रो लहरबाट अति प्रभावित भारतका नागरिकमाथि ओमानले प्रवेश प्रतिबन्ध लगाएको छ। भारतसँगै पाकिस्तान र बंगलादेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश नदिने निर्णय मस्कटमा भएको छ। ओमानको सरकारी समाचार च्यानलले भारतीयमाथि लगाएको यात्रा प्रतिबन्धबारे जानकारी दिएको हो।

कोरोना भाइरसको संक्रमण रोक्न गठित त्यहाँको उच्चस्तरीय समितिले दक्षिण एसियाका ३ मुलुकबाट जाने नागरिकलाई प्रवेश नदिने निर्णय लिएको हो। पछिल्लो २४ घण्टाभित्र यी तीन देशका विमानस्थल हुँदै यात्रा गरेका यात्रीहरूसमेत ओमान जानबाट रोकिएका छन्। भारत, पाकिस्तान र बंगलादेशमा यतिखेर कोरोना संक्रमण व्यापक फैलिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर