Aamsanchar

नेपालद्वारा मलेसियासामु जितका लागि २ सय १८ रनको लक्ष्य प्रस्तुत

Author Image
बिहिवार, वैशाख ९, २०७८

काठमाडौं –त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेट श्रृखंला अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियासामु जितका लागि २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनाएको हो । नेपालका लागि बिस्फोटक ब्याटिङ गरेका करण केसीले सर्वाधिक ४५ रन बनाए ।

१३ बल खेलेका उनले ७ छक्का प्रहार गरे। आसिफ शेखरले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४१, उपकप्तान दिपेन्द्रसिंह ऐरीले ३३, कुशल भुर्तेलले १६ रनको महत्वपूर्ण योगदान गरे। बिनोद भण्डारी ८ र सोमपाल कामी २ रनमा आउट हुँदा कुशल मल्ल १९ रनमा अविजित रहे।

अब केहीबेरमा मलेसियाले जवाफी ब्याटिङ गर्नेछ। मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको र नेपाल फाइनलमा प्रवेश गरिसकेका कारण आजको खेल प्रतिष्ठाका लागि मात्रै सिमित छ । मलेसियाले जितेमा प्रतियोगिताको सुखद अन्त्य गर्नेछ भने नेपालले जितेमा समूह बिजेता बन्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर