Aamsanchar

नेपालद्वारा मलेसिया ६९ रनले पराजित

Author Image
बिहिवार, वैशाख ९, २०७८

काठमाडौं – करण केसीको आक्रामक ब्याटिङ अनि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि  त्रिकोणात्मक-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिबार नेदरल्याण्ड्ससंग खेल्नेछ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रनमै अलआउट भयो ।

नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामछानेले ३-३ विकेट लिए । सुशन भारीले १ विकेट लिए । करणले ४ ओभरमा २७ रन खर्चिए तर विकेट लिन सकेनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)