Aamsanchar

ट्रकको ठक्करबाट वृद्धाको मृत्युपश्चात् चाराआली चन्द्रगढी सडक खण्ड दिनभर तनावग्रस्त

Author Image
बिहिवार, वैशाख ९, २०७८

झापा – झापामा ट्रकको ठक्करबाट सिटी सफारीमा सवार वृद्ध महिलाको मृत्युपछि घटनास्थल तनावग्रस्त बनेको छ । ट्रक चालकले गाडी ब्याक गरी चक्काले किचेर महिलालाई मारेको र प्रहरीले मुचुल्का नबनाई शव उठाएको विरोधमा मृतकका आफन्तजन र स्थानीयले विरोध प्रदर्शनमा उत्रिएपछि घटनास्थल दिनभर तनावग्रस्त बन्यो । बिहीबार बिहान साढे ९ बजे भएको घटना पश्चात् उत्पन्न विवाद सहमति हुन नसक्दा घटनास्थलमा सशस्त्र र जनपथ प्रहरी उल्लेख्य सङ्ख्यामा परिचालन गरिएको छ । मृतकका आफन्तजन र स्थानीयले मेची राजमार्ग अन्तरगतको चाराआली चन्द्रगढी सडक खण्ड अवरोध गरेर विरोध प्रदर्शन गरिरहेका छन् ।

प्याकुरेल घाइते भएको वा मृत्यु भइसकेको केही जानकारी नगराई प्रहरी कार्यालय झापाबाट आएका प्रहरी निरीक्षक जीपी तिम्सिनाको नेतृत्वको प्रहरी टोलीले स्थलगत मुचुल्का नगरी त्रिपालमा पोको बनाएर लगेको मृतककी बुहारी मार्था प्याकुरेलले आरोप लगाएकी छन् । आदेश दिनेको नाम सार्वजनिक हुनुपर्ने र प्रहरी निरीक्षकलाई कारबाही हुनु पर्ने उनीहरूको माग रहेको छ । घट्नापछि पीडित परिवारले घटनाको बिषयमा भद्रपुर ९ नम्बर वडा कार्यालय, भद्रपुर नगरपालिका र जिल्ला प्रहरी कार्यालयमा बोधार्थ दिएर निवेदन दर्ता गराएको मृतकका आफन्त चक्र फुयलले बताए ।

प्रहरी निरीक्षकले माथिको आदेश भन्दै नियम विपरीत शव लग्नुमा उद्योगीहरूको दबाब हुनसक्ने उनको भनाइ छ । घटना ढाकछोप गर्न प्रहरी लागि परेकाले सत्य बाहिर नल्याएसम्म परिवारले शव नबुझ्ने आफन्तजनले बताएका छन् । सार्वजनिक मुचुल्का नउठाई शव प्रहरीले लैजानु गलत भएको ९ नम्बर वडा कार्यालयका कार्यवाहक अध्यक्ष रामबहादुर दाहालले बताए । घट्नाको विषयमा सत्य तथ्य बाहिर आउनु पर्ने उनको भनाइ छ ।

चाराआली केचना सडक खण्ड अन्तरगत भद्रपुर नगरपालिका ९ स्थित चन्द्रगढी सामुदायिक वन कार्यालय अगाडी चन्द्रगढ जाने सडकमा भद्रपुरबाट चारआली तर्फ जाँदै गरेको मे १ क २६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा भद्रपुर ९ बस्ने ७५ बर्षीया गायत्री देवी प्याकुरेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । मृतक प्याकुरेल व्रतबन्धको फूलपाती बिर्सजनका लागि देउनीया खोला गइरहेकी थिइन् । ट्रक भद्रपुरस्थित दक्षिणकाली प्लास्टिक उद्योगको रहेको प्रहरीले जनाएको छ । पानीको ट्याङ्की लोड गरिएको ट्रक चाराआलीतर्फ गइरहेको थियो । यता चालक भने फरार रहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर