Aamsanchar

झापामा पानीसँगै आएको हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा एक बालकको मृत्यु

Author Image
बिहिवार, वैशाख ९, २०७८

झापा –आज बिहान पानीसँगै आएको हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा झापामा एक बालकको मृत्यु भएकको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ५ बस्ने ८ वर्षीय योजल राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार हावाहुरी चलेका बेला बुबासँग घर नजिकैको माई वृक्षारोपणको नर्सरीमा दाउरा टिप्न गएको योजललाई वनमै रहेको मसलाको रुखको हाँगा भाँचिएर लाग्दा गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीले जिल्लाका विभिन्न स्थानमा रुख ढाल्नुका साथै घर तथा पसलका छानाहरू पनि उडाएको छ । अन्नबालीमा समेत क्षति पुर्‍याएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर