Aamsanchar

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र, दिल्लीको खुला ठाउँमा शव दहन गर्न थालियो

Author Image
शुक्रवार, वैशाख १०, २०७८

पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३ लाख ३२ हजार ७३० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार २६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म १ करोड ६२ लाख ६३ हजार ६९५ जनामा कोरोना संक्रमण भएको छ। अहिलेसम्म १ लाख ८६ हजार ९२० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र रूपमा बढेसँगै संघीय राजधानी रहेको नयाँ दिल्लीको खुला ठाउँमा शव दहन गर्न थालिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर