Aamsanchar

झापामा दुई ट्राफिक प्रहरी सहित १६ जनामा थप कोरोना पुष्टि

Author Image
शुक्रवार, वैशाख १०, २०७८

झापा । झापामा कोरोना प्रकोब बढन थालेको छ । आज झापाका दुई ट्राफिक प्रहरीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई जना प्रहरीसहित बिर्तामोडमा ३ जनालाई कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै अर्जुनधारा नगरपालिकाका वडा नम्बर ३ मा दुईजनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुमा एक महिला र एक पुरुष रहेका छन् । त्यसैगरी भद्रपुर र गौरादह नगरपालिकामा एक–एक महिला र एक–एक पुरुष ,दमक नगरपालिकामा एक महिला र ४ पुरुष र मेचीनगर नगरपालिकामा एक पुरुषलाई कोरोना पोजेटिभ भेटिएको हो । आज सम्म झापामा कोरोना संक्रमितको संख्या ४ हजार ७५६ पुगेको छ । त्यसमध्ये ४ हजार ५१४ जना उपचार पस्चात घर फर्किई सकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर