Aamsanchar

त्रिकोणात्मक टी–२० सिरिजमा कुशल भुर्तेल प्लेयर अफ दी सिरिज

Author Image
शनिवार, वैशाख ११, २०७८

काठमाडौं –त्रिकोणात्मक टी–२० सिरिजमा कुशल भुर्तेल प्लेयर अफ दी सिरिज बनेका छन् । टी–२० अन्तर्राष्ट्रियको डेब्यू सिरिजमै भुर्तेल उत्कृष्ट खेलाडी बनेका हुन् । उनले मोटरसाइकल पुरस्कार पाएका छन् । डेब्यूसहित तीन खेलमा लगातार तीन अर्धशतकको विश्व कीर्तिमान बनाएका भुर्तेलले फाइनलमा नेपाललाई जिताउने क्रममा ७७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । टी-२० अन्तर्राष्ट्रियमा यो उनको व्यक्तिगत उच्च स्कोर समेत हो ।

उनले ५ खेल खेल्दै कूल २७८ रन बनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर