Aamsanchar

इराकको एक कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट, २३ जनाको ज्यान गयो

Author Image
आइतवार, वैशाख १२, २०७८

काठमाण्डौ-इराकको बग्दादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । ज्यान गुमाउने धेरैजसो आईसीयूमा उपचार गराइरहेका बिरामी छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आईसीयू वार्ड बाहिर अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको बीबीसीले जनाएको छ ।

घटनामा ९० जना बिरामी र बिरामीका आफन्तहरुलाई उद्धार गरिएको खबरमा उल्लेख गरिएको छ । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले घटनाप्रति दुस्ख व्यक्त गर्दै घटनाबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर