Aamsanchar

झापामा आज ३८ जनामा कोरोना संक्रमण, १ सय ६९ सक्रिय संक्रमित

Author Image
सोमवार, वैशाख १३, २०७८

झापा- झापामा आज ३८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । दमकमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दमकमा ७ महिला र ८ पुरुष गरी १५ जनालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै बिर्तामोडमा दुई महिला , दुई पुरुष , मेचीनगरमा एक महिला , तीन पुरुष , भद्रपुरमा दुई पुरुष , कनकाईमा तीन पुरुष , अर्जुनधारामा एक महिला , दुई पुरुष , गौरीगञ्जमा तीन महिला , तीन पुरुष र शिवसताक्षीमा एक पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या ४ हजार ८१९ पुगेको छ । त्यसमध्ये ४ हजार ५१९ डिस्चार्ज भएका छन् । अहिले १६९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाबाट १३१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर