Aamsanchar

झापा आन्दोलनमा केपी शर्मा ओलीका अंगरक्षकको घर बनाउन समुदायबाट समिति गठन

Author Image
बिहिवार, वैशाख १६, २०७८

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्ने बस्ने ७४ वर्षीय झापा आन्दोलनका योद्धा मनकुमार तामाङले पक्कि घर पाउने भएका छन् । संचार माध्यममा तामाङ बस्ने घरको तस्बिर र उनले भोगेको राजनीतिक पीडा सहितको समाचार प्रकाशन भएपछि दाताको सहयोगमा उनले घर पाउने भएका हुन् ।

तामाङ २०२८ सालको झापा आन्दोलनमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षक थिए । तामाङ ओलीको जीवन रक्षाका लागि घरेलु हतियार सहित बन्दुक लिएर ओली सुरक्षार्थ काम गर्थे । सर्वसाधरणको हत्या गरेको आरोपमा तत्कालिन साशकले उनलाई पक्राउ गरेर १७ वर्ष ७ महिना ७ दिन जेल हालेको थियो । तामाङलाई प्रहरीले पक्राउ गरेपछि ओली पनि पक्राउ परेका थिए ।
झापाको अगल अलग ठाँउबाट पक्राउ परेका ओली र तामाङ काठमाण्डौको नख्खु जेलमा ११ महिनाको कारावास जीवन संगै बिताएका थिए । २०४६ सालमा बहुदलिय व्यवस्था आएपछि उनि जेल मुक्त भए । तर, राजनीतिक, आर्थिक र पारिवारिक पीडा मुक्त भएनन् । संगै जेल परेका तत्कालिन कम्युनिष्ट यतिवेला मुलुकको नेतृत्व तहमा छन् ।

रातदिन नभनी जस्ले कम्युनिष्ट नेताको जीवन रक्षा गर्यो, यतिबेला उनिहरु घरको घाटको जस्तो भएका छन् । तामाङका छिमेकी भन्छन, ‘केपी ओलीको लागि तामाङले खुकुरी र बन्दुक नबोकेको भए सायद उनि सहिद हुन्थे होला ।’ ओली प्रधानमन्त्री बन्नलाई तामाङको योगदान उच्च रहेको स्थानीयले बताए ।

संचार माध्यममा तामाङको कहाली लाग्दो राजनीतिक भोगाई सार्वजनिक भएपछि अर्जुनधारा नगरपालिकाले उनको निर्माण हुने घरका लागि ३ लाख दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख हरीकुमार रानाले राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका योद्धाको लागि ३ लाख दिने बताए । यस्तै झापाको चारपाने स्थित सहारा नेपालले पनि तामाङको घर निर्माणका लागि चासो देखाएको छ । सहारा नेपालको एक टोलीले बुधबार तामाङको घर र उनको अवस्थाका बारेमा जानकारी लियो ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले पनि तामाङको बारेमा गम्भिर चासो व्यक्त गरेको छ । स्वकीय सचिव इन्द्र भण्डारीले नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठकलाई फोन गरेर संचारमाध्यमका आएका कुराको अवगत गराएका थिए ।

तामाङको घर निर्माणकालागि बुधबार निर्माण उपभोक्ता समिति गठन भएको छ । अर्जुनधारा प्रेस क्लवका अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा ७ सदस्यीय मनकुमार तामाङको घर निर्माण उपभोक्ता समिति गठन भएको हो । समितिले बैसाख १९ गते घरको शिलान्यास गर्ने कार्यक्रम रहेको बताएको छ ।

समितिको सहसंयोजकमा दिपीन राई, सचिव विनोद सापकोटा, कोषाध्यक्षमा मनिषा चम्लागाई, सदस्यमा युवराज लोहार, पवन खनाल र उपेन्द्र बस्नेत रहेका छन् ।

निर्माण उपभोक्ता समितिका संयोजक भट्टराईका अनुसार एटेच बाथरुम, भान्सा कोठा सहित ३ कोठाको आरसीसी घर निर्माण हुने भएको हो । अर्नुनधारा नगरपालिकाको प्राविधिक शाखाले घर निर्माणको लागत ८ लाख हुने बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर