Aamsanchar

भद्रपुर झापा गोल्डकपको नयाँ कार्यसमिति सर्वसम्मत चयन, दिपेश ढकाल अध्यक्षमा निर्विरोध

Author Image
शनिवार, जेठ ९, २०८३

बिर्तामोड ।  झापाको भद्रपुर झापा गोल्डकप को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । आगामी दुई वर्षे कार्यकालका लागि सम्पन्न निर्वाचन प्रक्रियामा सबै पदमा एकल उम्मेदवारी परेपछि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका संयोजक अधिवक्ता दिपेन्द्र भट्टराई ले मिति २०८३ जेठ ९ गते सूचना जारी गर्दै दाबी–विरोध नपरेकाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

निर्वाचित कार्यसमितिको अध्यक्षमा पुन : दिपेश ढकाल चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा डिल्लीराम घिमिरे, गौरव सुब्बा, बसन्त कुमार बानिया र बाबुराम पराजुली रहेका छन् ।

महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा टहल दाश मैनाली र तिर्थराज ढकाल तथा सहसचिवमा योगेन्द्र पौडेल निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा अजयकुमार साहेवाला तथा सह–कोषाध्यक्षमा नितेश वर्मा चयन भएका छन् ।

सदस्यहरूमा अर्जुन राई, कविन राई, कुमार गिरी, कुमार श्रेष्ठ, खोमकुमारी दाहाल, टेक बहादुर गुरुङ्ग, तोयानाथ गड्तौला, निरासव प्रधान, पूर्णमाया सुब्बा लिम्बु, प्रज्वल राई, बिक्की शाह कल्वार, भरत चन्द्र गुरुङ्ग, मुकेश मित्रका, रियाज ढकाल तथा शम्सेर तामाङ्ग रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा भद्रपुर झापा गोल्डकपलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र राष्ट्रियस्तरमा थप स्थापित बनाउने अपेक्षा गरिएको छ ।

Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर