Aamsanchar

अ‍ागामी जेठ १५ मा नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

Author Image
शुक्रवार, वैशाख १७, २०७८

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। नेपालले अ‍ागामी जेठ १५ (मे २९) मा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको हो। केही दिनअघि इराकले नेपाललाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो।

एन्फाका अनुसार खेल इराकको बासरा अन्तराष्ट्रिय रंगशालामा हुनेछ। नेपालले अहिलेसम्म इराकसँग ३ पटक खेलिसकेको छ। भारतमा सन् १९८३ मा भएको एसियाली खेलकुदमा नेपालले इराकसँग पहिलो खेल खेलेको थियो। नेपालले सन् २००२ को विश्वकप छनोटका दुई खेलमा इराकसँग खेलेको थियो। विश्वकप छनोट खेलको तयारी गरिरहेको नेपालले इराकसँग खेल्न लागेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर