Aamsanchar

धन कमानउन मलेसिया गएका दात कामी एक वर्ष वर्षदेखि सम्पर्कविहीन

Author Image
शनिवार, वैशाख १८, २०७८

रुकुम पूर्व : वैदेशिक रोजगारीका लागि मलेसिया गएका पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका दात कामी एक वर्ष वर्षदेखि सम्पर्कविहीन छन्। धन कमानउन गएका घरका मुख्य मान्छे नै सम्पर्कविहीन हुँदा परिवारको विचल्ली भएको छ। दात दुईअघि मलेसिया गएका थिए। उनकी श्रीमती प्रेमकुमारीका अनुसार ४० वर्षीय दात यसअघि तीन वर्ष विदेशमा बसेर फर्किनुभएका थिए। 

‘त्यसबेला घरमा आएर नयाँ घर बनाउनुभयो,’ प्रेमकुमारीले भनिन्, ‘घर बनाउँदा लागेको ऋण तिर्न र बालबच्चाको पढाइ खर्च जुटाउन फेरि मलेसिया जानुभयो। मलेसिया जानुभएको एक वर्षसम्म पैसा पनि पठाउनुभयो। तर, एक वर्ष यता सम्पर्क छैनन।’  घरमा तीन छोराको पढाइ खर्च जुटाउन आफूलाई हम्मेहम्मे परेको प्रेमकुमारी बताउँछिन्। एउटा छोरा अपांगता भएकाले उनको उपचार गर्दा गर्दा ऋण लागेको उनले बताइन्।

दातकी दिदी कमलाले भाइ कस्तो अवस्थामा छन् भन्ने जानकारी नभएको बताइन्। ‘मेरो भाइले एक वर्षदेखि फोन पनि गर्दैन। कसैले भेटाएका पनि छैनन्,’ उनले भनिन्, ‘जिउँदो छ कि मृत केही थाहा छैन।’  

उनी मलेसियाको वेस्ट्रिज स्टार एसडिएन बिएचडी कम्पनीमा काम गर्थे। तर, कम्पनीमा पनि एक वर्षदेखि नदेखिएको उनका साथीहरूले बताएको परिवारले जनाएको छ। केही उपाय नलागेपछि घरपरिवारले जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वमा खोजबिनका लागि शुक्रबार निवेदन दिएका छन्। प्रमुख जिल्ला अधिकारी राजकुमार राईले खोजतलासका लागि पहल गर्ने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर