Aamsanchar

झापामा आज ७२ जनामा कोरोना पुष्टि

Author Image
शनिवार, वैशाख १८, २०७८

झापा। झापामा थप ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिला र ३५ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरुमा बिर्तामोडमा १३ जना, भद्रपुरमा २४ जना, अर्जुनधारामा ८ जना, मेचीनगर र कन्काईमा ७,७ जना रहेका छन् ।

त्यस्तै गौरादहमा ४ जना, बुद्धशान्तिमा ३ जना र हल्दिबारीमा २ जना रहेका छन् । गौरीगञ्ज, कचनकबल र बाह्रदशीमा १,१ जना संक्रमण पुष्टि भएको हो । यो संगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१० पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर