Aamsanchar

बालुवा अनलोड गर्ने क्रममा ट्रयाक्टरको डाला पल्टिदा बिर्तामोडमा १ जनाको मृत्यु

Author Image
शनिवार, वैशाख १८, २०७८

झापा- झापाको बिर्तामोडमा ट्रयाक्टरको डाला पल्टिदा एकजनाको मृत्यु भएको छ । बिर्तामोड–४ का २० बर्षीय सन्दिप अधिकारीको दुर्घटनाबाट मृत्यु भएको हो । शनिबार दिउँसो साढे २ बजे बिर्तामोड पारिजात टोलमा मे १ त ७००५ नम्बरको ट्रयाक्टरको बालुवा अनलोड गर्नको लागि ब्याक गर्ने क्रममा ट्रयाक्टरको डाला पल्टिदा ट्रयाक्टरका सहचालक अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रयाक्टर र चालक सोही स्थानका अनिल खड्का नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर