Aamsanchar

अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामग्री बोकेको अमेरिकी ३ र फ्रान्सको १ वटा विमान भारततर्फ

Author Image
आइतवार, वैशाख १९, २०७८

काठमाण्डौ –कोरोनाले अति प्रभावित भारतलाई विभिन्न देशबाट सहयोग आउन सुरु भएको छ । अमेरिकाले भारतलाई थप ३ वटा विमानमार्फत स्वास्थ्य सामग्री सहयोग गरेको छ । यूएसएडले विज्ञप्तिमार्फत भारतलाई थप ३ वटा विमानमार्फत अक्सिजन सिलिन्डरसहितको उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी गराएको हो । अमेरिकाले विमानमार्फत ९ लाख थानभन्दा धेरै एन-९५ मास्कसमेत पठाएको छ । अमेरिकाले योभन्दा पहिले २ वटा विमानमार्फत स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

यस्तै कोरोना सङ्क्रमणका कारण निक्कै समस्यामा परिरहेको भारतलाई अरु देशले पनि सहयोग गर्न सुरु गरेको छ । भारतलाई फ्रान्सले पनि स्वास्थ्य सम्बन्धी सामग्री उपलब्ध गराएको छ । ८ वटा अक्सिजन जेनेरेटरसहित ८ टन स्वास्थ्य बोकेको फ्रान्सको जहाज भारतको नयाँदिल्लीमा अवतरण भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । यस्तै ३ हजार ६ सय ८८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या २ लाख १८ हजार ८ सय नाघेको छ । भारतमा अहिले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ३३ लाख ५२ हजारभन्दा धेरै रहेको छ । कोरोना सङ्क्रमित धेरै हुँदा भारतका विभिन्न अस्पतालमा अक्सिजनको अभाव भएको छ । सङ्क्रमितले शैया पाउनसमेत मुस्किल भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर