

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ मा एक बालक को करेन्ट लागेर मृत्यु भएको छ । लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईआज बिहान पौने ८ बजेको समयमा बरेन्ट लागेर मृत्यु भएको हो । घरबाट दिदिको घर तर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Views: 362


