Aamsanchar

झापामा आज एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु , १ सय ७८ जनामा संक्रमण पुष्टि

Author Image
बुधवार, वैशाख २२, २०७८

झापा- झापामा बुधवार कोरोनाको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार मेचीनगर–६ का ५८ वर्षीया महिला, भद्रपुर–२ का ७० वर्षीय पुरुष, दमक–१ का ५६ वर्षीय पुरुष, दमक–२ का ६९ वर्षीय पुरुष, बिर्तामोड–५ का ७३ वर्षीय महिला र कनकाई–२ का ४८ वर्षीय पुरुषको विभिन्न अस्पतालमा उपचारका क्रममा र होम आइसोलेसनमा मृत्यु भएको हो।

त्यसैगरी बुधवार १ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैलागाईका अनुसार ७९ महिलासहित १७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ९ महिलासहित ३२ जना, बिर्तामोडमा १९ महिलासहित ४१ जना, गौरादहमा २ महिलासहित ६ जना, मेचीनगरमा ५ महिलासहित १० जना, भद्रपुरमा १९ महिलासहित ३४ जना, कनकाईमा ४ महिलासहित १४ जना, हल्दीबारीमा १ महिलासहित २ जना, अर्जुनधारामा ४ महिलासहित ९ जना, बुद्वशान्तिमा १ महिलासहित ३ जना, कचनकवलमा १ महिलासहित ३ जना, कमलमा ४ महिलासहित ९ जना, शिवसताक्षीमा २ महिलासहित ३ जना, झापामा २ महिलासहित ५ जना र ठेगाना नखुलेका ६ महिलासहित ७ जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए । योसँगै झापामा संक्रमितको संख्या ५६००, आइसोलेसनमा ८९८ जना, कुल संक्रमित एन्टिजेन १३८ जना र मृत्यु हुनेको संख्या १४२ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

No photo description available.

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)