Aamsanchar

निफमा कलाकारहरुको एउटै स्वर

Author Image
आइतवार, वैशाख २६, २०७८

काठमाडौ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा बरिष्ठ कलाकारहरुले नेपाली सिनेमा कलचर भनेकौ थियटर कल्चर हो भनेका छन ।
निफद्धारा आयोजित चौथो संस्करणमा आज कोरोना पछिको नेपाली चलचित्र बिषयक अन्तरक्रिया गरिएको छ ।

सो कार्यक्रममा चलचित्र निर्माता अर्जुन कुमारले कोरोनाका कारण चलचित्रका सबै क्षेत्र मारमा परेको हुँदा हल बाहेक अन्य बिकल्प खोज्न पर्ने बताए ।
यूटीयुव बाहेका अन्य माध्यामबाट चलचित्र हेर्नेको संख्या अतन्यतै न्यून रहेको छ । हाल नेपाली सिनेमा हेरीएको नभई जवरजस्ती देखाइएको अवस्था रहेकाले सजिल्लो माध्याम हुनुपर्ने उनको भनाई छ । नेपाल टेलिभिजन लगायत सरकारी निकायबाट चलचित्र हर्ने सजिलो माध्याम बनाइनु पर्ने उनको जोड छ ।

सोही अवसरमा नेट टिभीका संचालक मनोज अग्रवालले कोरोनाको महामारीलाई चलचित्र जगतलाई अवसरमा बदल्न सकिने बताए । बनीसकेका चलचित्रहरुलाई रेभीन्यू शेयरीङ्गबाट पनि डिजिटल प्लेटर्फम मार्फत प्रसारण गर्ने सकिने बताए ।  नेटफिलीक्स , एमाजोनको उदारण दिनै अव डिजिटल प्रविधिबाट नेपाली चलचित्रलाई लान सकीने उनको भनाई छ । चलचित्र आमाको डिजिटल प्रबिधिबाट सफल एवं राम्रो आम्दानी गरको स्मरण गर्दे हलको बिकल्पमा नयाँ प्रबिधि खोज्नपर्ने उँहाको भनाई छ ।

नायीका एवं चलचित्र निर्माता रेखा थापाले डिजिटल प्यालटफर्म बैकल्पीक उपाय भएपनि नेपालको सबै भूगोल र जनतासम्म पुग्न नसक्ने हुँदा हाललाई उपयुक्त नहुने बताइन । नेपाली चलचित्र हलमा हेर्ननै रमाइलो हुने उनको भनाई छ ।

म्युजिक भिडिओ र सानो पर्दाका टेलिफिल्महरूको छायाङ्कन तथा निर्माण केही हुन थालेपनि ठूला चलचित्रहरूको छायाङ्कन र निर्माण अझै सुरु नभएको अवस्था रहेको नायिका थापाको भनाई छ ।

सरकारले गरेको निषेधाज्ञा खुलेको अवस्थामा पनि चलचित्र क्षेत्र नियमित गतिविधिका पहिले झै फर्कन करिब ६/८ महिना लाग्ने देखिएको छ । यस्तो अवस्थामा चलचित्र कर्म गर्दै आएका कलाकार तथा प्राविधिकहरु भने पूर्ण रुपमा बेरोजगार हुने सक्ने देखिएको छ । उनीहरुको दैनिक गुजारामा समेत समस्या उत्पन्न हुन सक्ने नायीका रेखा थापा बताउछिन ।

कार्यक्रममा चलचित्र निर्माता अशोक शर्मो सिनेमा कल्चर भनेको थियटर कल्चर हो । सिनेमा बनेपछी थियटरमा लगाउनु अघि बिभिन्न प्रचार प्रसार गरेको हुन्छ हलमा प्रर्दशन गराउन । हलमा दर्शकहरुको माहोल , रियाक्सन , मनोबिज्ञान बुझेरनै निर्मातहरुले सोही अनुसार चलचित्र निमार्ण गर्ने गरेको बताउनुहुन्छ ।
सिनेमाको प्रारम्भीक बजार भनेको हलनै भएको हुँदा पारीवारीक एवं बाहिरी दृश्टीकोणले पनि उपयुक्तm रहेको बताए ।
अहिे नेपालको थियटरको अवस्थाको कुरा गर्नु पर्दा जय नेपाल हल बन्द भयो , कुमारी हल बन्द हुने अवस्था छ । २२ वटा सिनेमा हलहरु बन्द भएको अवस्था छ । मल्टीपेल्सहरुपनि भाडानै संचालन भएको हुँदा टिक्ने अवस्था न्युन रहेको छ । कोरोना महामारी लम्बदै गयो भने १० बर्ष चलचित्रमा असर पार्ने उनको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर