Aamsanchar

‘जन्ते बाख्रो’को शुभमुहूर्त

Author Image
शुक्रवार, पौष १२, २०८१

काठमाडौं –  सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरिएको हो ।

चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका छन् । चलचित्र पुस २० गतेबाट फ्लोरमा जानेछ । चलचित्रमा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपानेलगायतको लगायत कलाकारहरूको अभिनय रहनेछ । मुइन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुनेछ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।

बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहनेछ । चलचित्रलाई हरि हुँमागाईंले खिच्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर