Aamsanchar

बुद्धशान्तिको बुधबारे र जयपुर बजार अनुगमन

Author Image
मङ्गलवार, वैशाख २८, २०७८

बुधबारे। बुद्धशान्ति गाउँपालिकाले मंगलबार बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजार, जयपुर बजार आज अनुगमन गरिएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बिचमा बुद्धशान्ति गाउँपालिका, गाउँपालिका उध्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यलय बुधबारे, सशस्त्र प्रहरी बल, बुधबारे जेसीज, सञ्चारकर्मी सहितका निकाय तथा संघसस्थाले एकै साथ बजार अनुगमन गरेका हुन् ।

बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेलको नेतृत्वमा बजार अनुगमन गरिएको हो । टोलीले गरेको अनुगमनमा मुल्य सुचि, सुरक्षाका मापदण्ड ९हातधुने साबुन पानी, सेनिटाइजर० मुल्यवृद्धि, कालोबजारी जस्ता कुरालाई ध्यानमा राख्न ब्यापारीलाई आग्रह गर्दै बजार अनुगमन गरिएको हो ।

संकटको बेला खाद्यान्न, तरकारी जस्ता कुरामा मुल्य बढे पछि टोलीले अनुगमन गरेको हो । साथै ब्यापारीलाई कालो बजारी, मुल्यवृद्धि नगर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर