Aamsanchar

आजको राशीफल (६ जेठ २०७८, बिहिवार)

Author Image
बिहिवार, जेठ ६, २०७८

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज राज्यबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो हुँदै जानेछ । शेयरबजार र कृषि कारोबारमा अधिक सफलता मिल्नेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको र गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग रहेको छ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान हराउने वा चोरी हुने भय छ । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज नयाँ र मङ्गल कार्यको योजना बन्नेछ । राज्य र समाजबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतिष्ठा कमाउने बेला छ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मानसिक चिन्ता बढेपनि श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । रोकिएका काम भने यथावत् नै रहनेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेमी र प्रेमिकाको सहयोग मिल्नेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरको सामान्य मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर