Aamsanchar

नेपालमा ९५ प्रतिशत अक्सिजन आपूर्ति व्यवस्थापन भईसको : मन्त्रालय

Author Image
बिहिवार, जेठ ६, २०७८

काठमाडौं । कोरोना भाइरसबाट सङ्क्रमित बिरामीका लागि अत्यावश्यक रहेको अक्सिजन आपूर्ति ९५ प्रतिशतले व्यवस्थापन भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले बताउनुभयो । हाहाकारनै मच्चिएको थियो तर सबैतिरबाट व्यवस्थापन भएकाले ९५ प्रतिशत समधान भएको छ । आउने साताभित्र शतप्रतिशत आपूर्ति हुनसक्ने गरी व्यवस्थापन भएको उहाँले बताउनुभयो ।

ओमानबाट ५६० थान र चीनबाट दुई हजार थान सिलिण्डर सरकारले ल्याएको छ भने निजी कम्पनीहरुले समेत सिलिण्डर ल्याएकाले चार हजारभन्दा बढी सिलिण्डर भित्रिएको मन्त्रालयको तथ्याङ्क छ । १८ हजार सिलिण्डर ल्याउने अन्तिम तयारी भएकाले यो साताभित्र अक्सिजनको समस्या सबै हल हुने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

सिलिण्डरसँगै लिक्विड अक्सिजनको अभाव भएकाले भारतबाट दैनिक रुपमा दुई टा टंकरले आयात हुँदै आएकाले हाल थप दुई वटा टंकर थप गरी चार वटा टंकरबाट तीन दिनमा ३० टन अक्सिजन आयात हुने गरेको उहाँले जानकारी दिनुभयो । अक्सिजन भण्डारको समस्या भएकाले ट्रमा सेन्टर, शिक्षण अस्पताल महारजगन्ज, नेपालगञ्ज मेडिकल कलेजमा भण्डार गरिदै आएको छ । यो खबर गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर