Aamsanchar

कनकाईमा अक्सिजनसहितको आइसोलेशन कक्ष शनिवारदेखि संचालन हुने

Author Image
शुक्रवार, जेठ ७, २०७८

कनकाई-झापाको कनकाई नगरपालिकाले भोलि शनिवारदेखि अक्सिजनसहितको २० शैय्याको आइसोलेशन कक्ष संचालनमा ल्याउँने भएको छ । आवश्यक सामाग्रीका साथमा आइसोलेशन कक्ष संचालनकालागि तयारी पूरा भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका छन् । कनकाई नगरको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रको दोस्रो तलामा व्यवस्थापन गरिएको आइसोलेशन कक्षका सवै शैय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै संक्रमितलाई स्वास्थ्यकर्मीवाट आवश्यक परामर्श सेवा संचालन गरिने भएको छ ।

कोरोना सम्वन्धि आवश्यक परामर्शकालागि २४ सै घण्टा सेवा उपलव्ध गराउँन नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर मनिष तिमल्सिना साथै डाक्टर अभिषेक नायकसहित अन्य २० जना स्वास्थ्यकर्मीबाट आलोपालो गरेर सेवा प्रदान गर्ने गरी जिम्मेवारी दिइएको नगर प्रमुख पोखरेलले बताएका छन् ।

कोरोनाका कारण अति प्रभावित भएका स्थानीयवासीलाई प्राथमिक चरणको रोकथाम तथा नियन्त्रणकालागि अन्य ठूला अस्पतालहरुमा दिने प्राथमिक चरणको सेवा संचालनकालागि स्थानीय सरकारका तर्फबाट आवश्यक स्वास्थ्य सामाग्रीको विशेष तयारी भएको बताइएको छ । सक्रिय संक्रमितहरुकालागि ठूला अस्पतालमा विरामीको चाप अत्यधिक बढेसँगै उपचार सेवाको अभावमा अस्पताल घुमाउँदा घुमाउँदै धेरै विरामीहरुले ज्यान गुमाउँनु परेको दयनीय अवस्थालाई मध्यनजर गर्दै नगरवासीको जीउधनको सुरक्षाकालागि गम्भिर हुँदै पहिलो चरणमा आवश्यक तयारीका साथ आइसोलेशन कक्ष संचालन गर्न लागेको स्थानीय सरकार प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

स्वास्थ्य अस्पतालमा कार्यरत डाक्टर मनिष तिमल्सिनाको नेतृत्वमा डाक्टर अभिषेक नायकसहित अन्य २५ जना स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेको डाक्टर तिम्सिनाले जानकारी दिए । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तिव्र गतिमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै नगरस्तरीय स्वास्थ्य अस्पतालमा यस अघि दिँदै आएको प्रसुती सेवा साथै आकस्मीक सेवालाई भने नियमित रुपमा संचालन गर्दै जाने डाक्टर तिम्सिनाले बताउँनुभएकोे छ ।

कोरोना संक्रमितहरुलाई प्राथमिक चरणको उपचार सेवा प्रदान गरिरहेको समयमा समेत विरामीको पूर्जाका आधारमा स्वास्थ्य विमा तर्फको औषधि, नियमित दिर्घरोगीहरुले खाने औषधि उपलव्ध गराउँने गरी तयारी गरिएको स्वास्थ्य अस्पतालका फार्मेसी व्यवस्थापक भिष्म कट्टेलले कनकाई खबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर