Aamsanchar

नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुख इब्राहिमसहित ११ जनाको मृत्यु

Author Image
शनिवार, जेठ ८, २०७८

काठमाण्डौ-नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुख लेफ्टिनेन्ट इब्राहिम अत्ताहिरुको ज्यान गएको छ । उत्तर पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा उहाँ र चालक दलका सदस्यसहित अन्य १० जनाको ज्यान गएको हो । मौसममा आएको खराबीका कारण विमान दुर्घटनामा परेको त्यहाँको सेनाले जनाएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । ५४ वर्षका इब्राहिम अत्ताहिरु गएको जनवरीमा सेनाका प्रमुख बन्नु भएको थियो । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाप्रति दुस्ख व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर